काठमाडौं । यति बेला तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
यो समाचार तयार पार्ने बेलासम्म यूनिक नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १९४ रुपैयाँ १० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य २ हजार १३५ रुपैयाँ १० पैसा कायम भएको छ।
त्यस्तै, मायाखोला हाइड्रोपावरको सेयर मूल्य पनि ९.९८ प्रतिशत, स्वाभिमान लघुवित्तको ९.९० प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०७९ चैत ८ बुधवार १२:५२ मा प्रकाशित