back
NMB ad

नेप्सेमा दुई कम्पनीको आईपीओ सूचिकृत, कुनको ओपनिङ रेञ्ज कति ?

Kumari bank ad

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिन्चोक दर्शन लिमिटेड र एसियन हाइड्रोपावर लिमिटेडको आइपीओ सूचिकृत भएको छ ।

नेप्सेमा कालिन्चोक दर्शन लिमिटेडको ६० लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि ७८ रुपैंया १५ पैसा देखि अधिकतम २३४ रुपैंया ४५ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘केडिएल’ रहेको छ ।

कम्पनीले स्थानिय बासिन्दाहरुमा वितरण गरिएको १ लाख २० हजार कित्ता, सर्वसाधारणको लागि वितरण गरेको १० लाख ८० हजार कित्ता र संस्थापकहरूले लगानी गरेको ४८ लाख कित्ता गरेर कुल ६० लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

त्यसैगरी, एसियन हाइड्रोपावर लिमिटेडको ३४ लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि ९९ रुपैंया ६० पैसा देखि अधिकतम २९८ रुपैंया ८० पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘एएचएल’ रहेको छ ।

कम्पनीले स्थानिय बासिन्दाहरुमा वितरण गरिएको ३ लाख ४० हजार कित्ता, सर्वसाधारणको लागि वितरण गरेको ८ लाख ४० हजार कित्ता र संस्थापकहरूले लगानी गरेको २२ लाख ४० हजार कित्ता गरेर कुल ३४ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

सूचिकृत पश्चात दुवै कम्पनीको सेयर बिहीबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

वि.सं.२०७९ चैत ८ बुधवार १२:३२ मा प्रकाशित

You can share this post!

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन...

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...