back
NMB ad

मोदी इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, स्थानियलाई म्याद थप

Kumari bank ad

काठमाडौं । मोदी इनर्जी लिमिटेडको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज बिहीबार (चैत ९ गते) अन्तिम दिन हो ।

आज बिहीबार बैंकिङ समयसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित स्थानीयका लागि भने आइपीओमा आवेदन दिने भ्याद थपिएको छ । अब स्थानीयले चैत १६ गतेसम्म यस आइपीओमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले फागुन २५ गतेदेखि जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ७२ करोड ५० लाख रुपैयाँबराबर प्रतिसेयर १०० अंकित मूल्यको ७२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो ।

जसमा जारी पुँजीको १० प्रतिशतले हुन आउने २९ लाख कित्ता सेयर पर्वत जिल्लाअन्तर्गत कुश्मा नपा-३, मोदी गापा-५, मोदी नपा-२, मोदी गापा-६ र कुश्मा नपा-८ का बासिन्दाहरुका लागि निष्काशन गरिनेछ।

बाँकी १५ प्रतिशतले हुन आउने ४३ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ८७ हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको र बाँकी ३६ लाख १० हजार ५०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ।

आयोजना प्रभावित स्थानीयले यो आईपीओमा न्यूनतमा १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

वि.सं.२०७९ चैत ९ बिहीवार १०:४५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...