back
NMB ad

ठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुक्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएकोे गुनासो

Kumari bank ad

काठमाडौं । दि गोर्खा इन्जिनियरिङ्ग एण्ड सर्भिसेज इन्टरनेशनल प्रा.लीले निर्माण सम्पन्न भएको लामो समयसम्म भुक्तानी नपाएको भन्दै नेपाल सरकारको ध्यानाकार्षण गराएको छ । कम्पनीका कार्यकारी अध्यक्ष वसन्तबहादुर भुजेलले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आफूले २०५२ सालमा सम्झौता भएको लमजुङ्ग जिल्लाको डुम्रवेशी शहर सडक तथा पुल निर्माणको भुक्तानी अहिलेसम्म नपाएको बताएका हुन् । सरकारले भुक्तानी नदिँदा धितो जमानीमा रहेको सम्पत्तिसमेत बैंकले जफत गरेको उनको गुनासो छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै भुजेलले आफू राज्यबाट अन्यायमा परेको बताए । काम सम्पन्न भएको लामो समय वितिसक्दा पनि पाउनुपर्ने रकम ६८ करोड ८६ लाख ३८ हजार ६२ रुपैयाँ भुक्तानी नपाएको उनले बताए । उनले पत्रकार सम्मेलनमा प्रेस वक्तव्य सार्वजनिक गर्दै आफूलाई राज्यले क्षतिपुर्तिसहित तत्काल भुत्तानी नदिएमा कडाभन्दा कडा संघर्षमा जाने चेतावनीसमेत दिए ।

डुम्रेवेशी शहर सडक र पुल निर्माणका लागि नेपाल सरकार सडक विभागद्वाारा ठेक्का सम्झौताअनुसार कार्य सम्पन्न भइसकेको उनले बताए । तत्कालीन निर्माण तथा यातायत मन्त्रालयअन्तर्गतको सडक विभागले आफूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी ठेक्का सम्झौताबमोजिमको कार्य गर्न दिएको उनले बताए । कार्य सम्पादनको अन्तिम चरणमा पुगेको अवस्थामा एकतर्फी रूपमा ठेक्का सम्झौता तोडिएको कारण आफूले निकै ठूलो आर्थिक क्षति व्यहोरेको उनको दाबी छ ।

सम्झौता भएबमोजिमको काम सम्पन्न गर्न बैंक अफ काठमाण्डुबाट आफूले कर्जा लिएको र सरकारले लामो समयसम्म भुक्तानी नदिएको कारण कर्जा लिँदा बैंकमा राखेको धितोसमेत लिलाम भएको उनले बताए ।

‘सम्झौताबमोजिमको सडक र पुल निर्माणको कार्य सम्पन्न गर्न सम्पूर्ण आर्थिक लगानी जुटाई बैंक अफ काठमाडौंमार्फत कार्य प्रारम्भ गरिएको र अचल सम्पत्ती धितो जमानी सोही बैंकमै राखिएको जुन सम्पत्ति वैकद्वारा लिलाम विक्रि गरिएको छ,’–उनले भने ।

विनाकारण ठेक्का सम्झौता रद्द हुँदा सडक विभाग र कम्पनीको तर्फबाट विवाद समाधानका लागि ट्राइवुनल गठन गरी विवाद समाधानको प्रयास भएको उनले बताए । ट्राइवुनलको आदेशउपर आफू उच्च अदालत हुँदै सर्वोच्च पुगेको उनले बताए । सर्वोच्चले पनि दाबीबमोजिमको रकम पाउनुपर्नेमा कुनै विवाद नरहेको फैसला गरेको उनले बताए । निवेदकहरुको माग दाबी बमोजिमको रकम नेपाल सरकार निर्माण यातायात मन्त्रालय, सडक विभागले भुक्तानी गरी विवाद टुंग्याउनु उपयुक्त हुने फैसला सर्वोच्चले गरेपनि हालसम्म उक्त फैसला कार्यान्वयन हुन नसकेको उनले दुःखेसो पोखे ।

सम्मानित सर्वोच्च अदालतबाट पनि प्रस्तुत विभागको विषयमा निर्णय गर्दा कम्पनीको तर्फबाट सम्पादन भएको कार्यलाई उच्च मुल्याकन गर्दै कानुनबमोजिम पेश भएको दावी बमोजिमको रकम आउने विषयमा विवाद नरहेको हुँदा यथासम्भव नेपाल सरकार निर्माण यातायात मन्त्रालय, सडक विभागले टुंग्याउनु उपयुक्त हुने फैसला आदेश गरेको थियो,’–उनले भने ।

उनले तत्काल आफूले पाउनुपर्ने रकम र त्यसको क्षतिपूर्तिुसमेत सरकारले दिनुपर्ने बताए । आफूलाई छिटो भन्दा छिटो न्याय नदिएमा कडा संघर्षमा उत्रिनेपनि उनले चेतावनी दिए ।
कार्यक्रममा अधिवक्ता धनप्रसाद गौतमले वसन्त भुजेल राज्यबाट पीडित भएको बताए । भुजेललाई तत्काले दिनुपर्ने रकम र त्यसको क्षतिपूर्ति दिन राज्य संवेदनशील हुनुपर्ने उनको भनाई छ । भुजेलको समस्या तत्काल वार्ताका माध्यमबाट समाधान गर्न पनि उनले सरकारको ध्यानाकार्षण गराए ।

‘ठेक्का सम्झौता भन्दा स्तरीय काम गर्ने व्यक्तिले पैसा पाउँदैनन् । उहाँ पीडित हुनुहुन्छ । राज्य यस्ता कुरामा संवेदन हुने कि नहुने ? म प्रधानमन्त्रीलाई यही मञ्चबाट भन्न चाहन्छु– उहाँहरुलाई तत्काल बोलाएर वार्तामार्फत के कति रकम दिनुपर्ने हो छानविन गरेर क्षतिपूर्तिसमेत दिनुपर्छ,’– उनले भने ।

वि.सं.२०७९ चैत ९ बिहीवार १६:४३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...