back
NMB ad

लमजुङमा फौज्दारी मुद्दामा पहिलोपटक मिलापत्र

Kumari bank ad

लमजुङ  । लमजुङ जिल्ला अदालतको इतिहासमा पहिलो पटक फौज्दारी अर्थात ठगी मुद्दामा पहिलो पटक मिलापत्र गरिएको छ ।  जिल्ला न्यायाधिवक्ताको कार्यालयमाफर्त महान्यायधीवक्ता कार्यालयको सोसम्बन्धी आशयको राय प्राप्त भएपछि जिल्ला अदालतमा मिलापत्र चैत ८ गते गरिएको हो ।

चारजना जाहेरकर्ताबाट दिइएको उजुरीका आधारमा नेपाल सरकार वादी भएको उक्त मुद्दामा भारतीय नागरिक २५ वर्षीय विनोदकुमार प्रतिवादी थिए । गत पुस ३ गते सो मुद्दा दायर भई प्रतिवाद विनोदकुमार लमजुङ जिल्ला कारागारमा थुनामा थिए । उनी पक्षका वकिल विजयप्रकाश अधिकारीको पहलमा सो मुद्दा मिलापत्र भएको हो । उक्त मुद्दा मिलापत्र हुँदा प्रतिवादीले कैद बस्नु नपर्ने र जरिवानाको रकम तिर्न नपर्ने गरी मुक्त भएका छन् । उनी मिलापत्र भएकै दिन चैत ८ गते कारागारबाट मुक्त भई आफ्नो घरमा फर्की गएको उनी पक्षका वकिल अधिकारीले बताए ।

भारतको विहार राज्यको वेगुसराई जिल्ला, नाथकोठी थाना– १० मा स्थायी बसोबास भएका विनोदकुमारले लमजुङका केही महिलालाई सुनका गहना टल्काई दिन्छु भन्ने बहाना गरी गहनाको तौल कम गराई फिर्ता दिएपछि उनका विरुद्धमा पीडितहरूले उजुरी गरेका थिए । उजुरी दिनेमा विमाया तामाङ, अनिता तामाङ, स्मृति लामा र गुर्दौली थापाहरू रहेको जिल्ला अदालतबाट बताइएको छ । उनीहरूसँग सुनका तौल कम गराएका गहनासमेत अदालतमा पेश गरिएको थियो ।

ती गहना उनीहरूलाई नै फिर्ता दिई तौल कम गरेको ठहरभएको रकमको कुल विगो रकम समेत पिडकका वकिलमार्फत पीडितको खातामा एक लाख २० हजार ४७९ रुपैयाँ पीडकबाट भराइएको नि. श्रेस्तेदार विश्वराज कुईकेलले बताए । उहाँका अनुसार सबैभन्दा बढी विगो विमाया तामाङको ४६ हजार ७१४ रुपैयाँ थियो भने सबैभन्दा कम विगोमा स्मृति लामाको १६ हजार ९६ रहेको थियो । अन्य दुईजना अनिता तामाङको २५ हजार ७८० रुपैयाँ र गुर्दौली थापाको ३१ हजार ८८९ रुपैयाँ ठहर भएको कुईकेलले जानकारी दिए ।

लमजुङ जिल्ला अदालतको इतिहासमा यो प्रकृतिको मुद्दा मिलापत्र भएको यो नै पहिलो घटना हो।

वि.सं.२०७९ चैत १३ सोमवार ११:३७ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...