back
NMB ad

बैंकर्सहरुसँग गभर्नर अधिकारीले भने, सचेत भएर अघि बढ्नुहोस्

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार वाणिज्य बैंकका प्रमुख कार्यकारीसँग छलफल गरेका छन् । वित्तीय क्षेत्रमा देखिएका समस्याका बारेमा राष्ट्र बैंकले बैंकका सीईओहरूसँग छलफल गरेको थियो।

होटल याक एण्ड यतीमा भएको छलफलमा सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी प्रमुखहरु सहभागी थिए । छलफलमा गभर्नर अधिकारीले बैंकहरुको खराब ऋण र रिकभरीका बारेमा चासो राखेका थिए ।

पछिल्लो समय खराब कर्जा केही बढेको वा बढ्ने अवस्था भएपनि बैंकहरु समस्याग्रस्त बन्ने अवस्था नरहेको भन्दै निर्धक्क भएर बैंकिङ सेवा दिन बैंकहरुलाई आग्रह गरेको छलफलमा सहभागि एक बैंकरले बताए ।

गभर्नर अधिकारीले वित्तिय संस्थामाथिको विश्वसनियता नै प्रमुख कुरा भएको भन्दै निक्षेपकर्तालाई कुनै समस्या हुन नदिने विश्वास बैंकरले दिलाउनुपर्नेमा जोड दिएका थिए । बैंकरहरुले पनि निक्षेपकर्ताको निक्षेप सुरक्षित राख्न आफूहरु तयार रहेको बताएका थिए ।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारतर्फ लागेको तर दबाबमुक्त नभएकाले सचेत भएर अघि बढ्नुपर्ने बताएका थिए।

त्यस्तै, बैंक तथा वित्तिय संस्था विरुद्ध उद्योगी व्यवसायीको आन्दोलनसँगै केही अराजकता बढेको विषयमा छलफलमा जानकारी गराएका थिए।

राष्ट्र बैंकले केही राहतको संकेत दिने अपेक्षाका साथ छलफलमा सहभागी भएका बैंकरलाई गभर्नरले कुनै नीतिगत परिवर्तनको वा राहतको संकेत गरेनन् ।

वि.सं.२०७९ चैत १४ मंगलवार ०९:३४ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...