काठमाडौं । आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभ्ने/गाभिने तथा मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १० चितवनमा रजिष्टार्ड कार्यालय रहेको डिप्रोक्स लुघवित्त र बनेपा नगरपालिका वडा नं. ७ काभ्रेपलाञ्चोकमा रजिष्टार्ड कार्यालय रहेको आदर्श लघुवित्तबीच एकआपसमा मर्जरमा जानका लागि चैत १३ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
यी दुवै संस्थाबीच एकआपसमा गाभिने सम्बन्धमा गत असोज १४ गते प्रारम्भिक सम्झौता भएको थियो । डिप्रोक्सले आदर्शलाई १:१ को स्वापमा गाभ्न लागेको । आदर्शलाई गाभेपछि बन्ने कम्पनीको नाम डिप्रोक्स लघुवित्त कायम रहने छ ।
वि.सं.२०७९ चैत १४ मंगलवार १०:३० मा प्रकाशित