काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि महुली लघुवित्तको लाभांश पनि घटेको छ । लघुवित्तले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो।
कम्पनीका अनुसार अब १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश बितरण गरिने छ । हाल कम्पनीको चुक्ता पुँजी २८ करोड २१ लाख ६९ हजार रहेको छ ।
अब कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ।
वि.सं.२०७९ चैत १५ बुधवार ११:४२ मा प्रकाशित