back
NMB ad

नारायणगढ-बुटवल सडक : २८ प्रतिशत भौतिक प्रगति

Kumari bank ad

काठमाडौं । लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ-बुटवल सडक विस्तारले गति लिन थालेको छ। पूर्वी र पश्चिम खण्डमा गरी समग्र भौतिक प्रगति २८ प्रतिशत पुगेको छ।

पूर्वी खण्डमा अहिले मासिक साढे तीन प्रतिशत प्रगति रहेको नारायणगढ-बुटवल सडक विस्तार आयोजनाले जनाएको छ। यसलाई बढाएर अर्को मासिक चारपाँच प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको आयोजनाका प्रमुख प्रदीपराज शाक्यले बताए।

सो सडकको विभिन्न खण्डमा कालोपत्रको काम भइरहेको उनले जानकारी दिए। उनले भने, ‘चार लेनमा कालोपत्र गरिने भएपनि पहिले दुई लेनमा गरेर पछि अर्कोतर्फ गरिने योजना बनाइएको छ। एकै पटक सबैतिर साइट पनि खाली भइनसक्ने हुँदा एकातिर गरेर पछि अर्कोतर्फ हुनेछ।’

सडक विस्तारको गति बढाउन अहिले जनशक्ति थप गरिएको र निर्माण सामग्री थप गरिरहेको प्रमुख शाक्यले जानकारी दिए। अहिले गिटी बालुवा केही मात्रामा अहिले पनि पाइरहेको र आगामी दिनमा विभिन्न पालिकाबाट पाइने अपेक्षा गरिएको छ। उनले भने, ‘दिन्छु भनेका पालिकाले दिएमा समस्या हुँदैन।’

तत्काल अरु समस्या नआएमा प्रगति बढ्ने देखिएको आयोजनाले जनाएको छ। निर्माणस्थल खाली भइरहेको र निर्माण कम्पनीले पनि जनशक्ति बढाएकाले गति बढ्ने देखिएको हो। अहिलेको अवधि साउनसम्म रहेकाले थपका लागि निर्माण कम्पनीले निवेदन दिएको आयोजनाले जनाएको छ। यस विषयमा पहिले अन्तराष्ट्रिय परामर्शदाताले मूल्यांकन गरेर टुंगो लगाउनुपर्ने उनले बताए।

काम गरिरहँदा थप्नुपर्ने कारण छ भन्ने परामर्शदाताको सुझावका आधारमा मात्रै थप हुनसक्ने उनले बताए। उनले भने, ‘परामर्शदाताले नै थप्न पर्छ वा पर्दैन र थप्ने भए कति थप्नुपर्छ भनेर प्रतिवेदन दिनुपर्छ।’ विभिन्न ठाउँमा पुल र कल्भर्ट निर्माणको काम भइरहेको छ। बाटो सजिलो हुन अझै केही समय लाग्नसक्ने प्रमुख शाक्यले बताए। वर्षा सुरु हुनु पहिले नै सबै डाइभर्सन हटाउने प्रतिबद्धता निर्माण व्यवसायीले गरेको उनले जानकारी दिए। विगतका वर्षको वर्षाभन्दा यो वर्ष केही सजिलो हुने उनको भनाइ छ। दुई वर्ष पहिले वर्षाको समयमा सो सडक भएर यात्रा गर्न धेरै समस्या रहेको थियो। गत वर्ष पनि एकदुई ठाउँमा डाइभर्सन रहेकाले समस्या भए पनि आगामी वर्षामा त्यो नदोहोरिने उनले बताए।

निर्माणस्थल खाली गराउन प्रक्रिया सकिए पनि काम भइसकेको छैन। निर्माण कम्पनीले सडकमा रहको बिभिन्न कुरा हटाउँदै खाली भएको खण्डमा निर्माणको काम गरिरहेको हो। विद्युतको पोल सार्ने, खानेपानीको पाइप सार्ने सबै काम निर्माण कम्पनीलाई नै जिम्मेवारी दिइएको छ। उनले भने, ‘उसले आफ्नो तालिकाअनुसार काम गरिरहेको छ।’

अहिले तत्काल एकातिरबाट काम गर्ने र खाली भएपछि अर्कोतर्फ गर्ने गरी तत्काल एकातर्फको सडक मात्रै कालोपत्र भइरहेको छ। अहिलेको चुनौती भनेको निर्माण कम्पनीको व्यवस्थापन गरेर कामको प्रगति बढाउनु मात्रै रहेको उनले बताए। उनले भने, ‘पहिले अरु पक्षबाट बिभिन्न अवरोध भए पनि त्यो सबै सामाधन भइसकेको छ अब जसरी पनि कामको प्रगति बढाउनुपर्ने छ।’

झण्डै छ दशकपछि अहिले विस्तार भइरहेको छ। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा विस्तार सुरु भएको सडक निर्माणको लागतमध्ये ८५ प्रतिशत एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी छ। सडक चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग सहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ।

सरकारले पूर्व-पश्चिम राजमार्ग एसियाली राजमार्गको मापदण्डमा विस्तारको काम अघि बढाएको छ। विभिन्न खण्डमा कतै विस्तार अघि बढीसकेको छ भने कतै विस्तारको तयारी अघि बढेको छ। विसं २०७५ मा सो सडक निर्माण सुरु भएको थियो। एकसय १४ किमी लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई योजनाअन्तर्गत काम अघि बढाइएको छ। दुवै प्याकेजको निर्माण साढे तीन वर्षमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्सट्रक्सन कर्पोरेशनलाई दिइएको थियो।

वि.सं.२०७९ चैत १६ बिहीवार १३:०२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...