
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता ढाँचा बमोजिमको अद्यावधिक वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरेको छ ।
मार्गदर्शन अनुसार इजाजतपत्रप्राप्त बैंक तथा संस्थाले वित्तीय साक्षरता अभिवृद्धिको लागि विभिन्न प्रकारका कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्दछ ।
वित्तीय ज्ञानको अभाव भएका व्यक्तिलाई औपचारिक वित्तीय प्रणालीमा समेट्नुका साथै सामान्य वित्तीय जानकारी भएका व्यक्तिलाई नयाँ वित्तीय अवधारणाको जानकारी गराउँदै वित्तीय प्रणाली प्रति अभ्यस्त बनाई धेरैभन्दा धेरै नागरिकमा औपचारिक वित्तीय प्रणालीमा पहुँच पु¥याउने अभिप्रायले वित्तीय चेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।
वि.सं.२०७९ चैत १९ आइतवार १०:३१ मा प्रकाशित