back
NMB ad

युनियन लाइफले बोलायो विशेष साधारणसभा, मर्जर प्रक्रिया स्वीकृत गर्ने

Kumari bank ad

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा बोलाएको छ।

कम्पनी सञ्चालक समितिको चैत १९ गते बसेको बैठकले विशेष साधारणसभा आउँदो वैशाख ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा बिहान १०ः३० बजेबाट हुनेछ।

सभाले युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफबीचको मर्जरसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ। मर्जपछि बन्ने कम्पनीको नाम ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सोही सभाले मर्जर प्रयोजनका लागि १ः१ः१ सेयर स्वाप रेसियो कायम गर्ने अर्को विशेष प्रस्ताव पनि पारित गर्नेछ। हालसम्म भएका मर्जरसम्बन्धी सम्पूर्ण सम्झौता तथा कार्यहरु सभाले स्वीकृत गर्नेछ।

मर्जरपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको काठमाण्डौ वडा नं. १ मा रहने तथा सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत २७ गते बुक कलोज गर्ने निर्णय गरेको छ। यसर्थ चैत २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको विशेष साधारणसभामा भाग लिन पाउनेछन्।

वि.सं.२०७९ चैत २० सोमवार ११:३३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...