back

चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक यथार्थपरक, सन्देशमूलक, सांस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताबारे बोर्डले केहि दिन अगाडी सार्वजनिक सूचना समेत निकालेको थियो । प्रतियोगितामा सहभागि हुनको लागि बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी आगामी १० वैशाखसम्ममा दरखास्तसहित चलचित्र बोर्डको कार्यालयमा पेस गर्नुपर्नेछ ।

प्रतियोगिताको लागि उपलब्ध भएका चलचित्रहरु मध्ये उत्कृष्ट तीन चलचित्रहरुले क्रमशः प्रथम, द्वितीय र तृतीय गरी एक लाख ५० हजार, एक लाख र  ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुरस्कृत चलचित्रहरुलाई बोर्डले व्यावसायिक तथा गैरव्यावसायिक रुपमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरु, विशेष प्रदर्शनीमा सहभागी गराउनेछ ।

प्रतियोगितामा सहभागि हुने चलचित्रहरु कम्तीमा ५० प्रतिशत नेपालमा नै छायांकन भएको र ५० प्रतियोगिता चलचित्रकर्मीहरु नेपाली भएको हुनुपर्नेछ । सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन वर्षभित्र निर्माण भएका चलचित्रहरुले मात्र भाग लिन पाउनेछन् र ति चलचित्रहरुले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्नेछ ।

वि.सं.२०७९ चैत २० सोमवार ११:३८ मा प्रकाशित

You can share this post!

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०८० असोज ७ आइतवार १२:१४

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा २ अर्ब...

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै   

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै   

वि.सं.२०८० असोज ७ आइतवार १२:०९

भेरीगङ्गा (सुर्खेत), ६ असोज : कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न...

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

वि.सं.२०८० असोज ७ आइतवार ११:५४

काठमाडौँ, ७ असोज: नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्जाउमा जारी...

अप्पर लोहोरे खोलाको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

अप्पर लोहोरे खोलाको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८० असोज ७ आइतवार ११:४४

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...

सिद्धार्थ बैंकमा जागिरको अवसर

सिद्धार्थ बैंकमा जागिरको अवसर

वि.सं.२०८० असोज ७ आइतवार ११:३८

काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ...

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

वि.सं.२०८० असोज ७ आइतवार ११:१८

बाजुरा, ७ असोज : दुई सातादेखि चामल अभाव रहेको खाद्य...