काठमाडौं । भारतबाट घटेर आएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । नेपाल आयल निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
आयल निगमले पेट्रोलमा ३ रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको छ।
समितिको बैठकले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ।
मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १६० रुपैयाँमा बिक्री हुनेछ।
वि.सं.२०७९ चैत २० सोमवार १९:४६ मा प्रकाशित