काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार आइमएई जनरल इन्स्योरेन्स र विन नेपाल लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
आइमएई जनरल ६ प्रतिशत बोनस वापतको १० लाख २० हजार ९९०.८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस्तै, विन नेपाल लघुवित्तको ९.३३ प्रतिशत बोनस वापतको ६७ हजार ६५० कित्ता गरी जम्मा १० लाख ८८ हजार ६४०.८५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् यी कम्पनीको सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।
वि.सं.२०७९ चैत २१ मंगलवार ०९:१६ मा प्रकाशित