काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा अंकको गिरावट आएको छ ।
उक्त दिन बजार ५.२० अंकले घटेको हो ।
उक्त दिन सबैभन्दा बढी शिभम् सिमेन्ट्सको कारोबार भएको छ । आज कम्पनीको ३ करोड ३६ लाख ५४ हजार हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआइसी एशिया बैंकको ३ करोड २८ लाख १४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ करोड ८६ लाख ९२ हजार रुपैयाँ, हिमालयन बैंकको २ करोड ५५ लाख ७५ हजार रुपैयाँ र हिमालयन डिस्टीलरीको २ करोड ४८ लाख ७ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०७९ चैत २१ मंगलवार १५:११ मा प्रकाशित