काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा अंकको गिरावट आएको छ । उक्त दिन बजार ५.२० अंकले घटेको हो ।
आज नेप्से परिसुचक १८६६.६८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार घट्दा ९१ करोड ७६ लाख १० हजार रुपैंया बराबरको कारोबार भएको छ ।
आज नेप्सेमा सूचिकृत २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको ७ वटा उपसूचकमा हरियाली छाएको छ ।
सेयर बजारमा गिरावट आउँदा आज प्रभु बैंक डिबेञ्चर २०८७ को सेयर मूल्य उच्च दरमा घटेको छ । कम्पनीको सेयर मूल्य ९.२९ प्रतिशतले घटेको हो । त्यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ८.०३ प्रतिशत, आशा लघुवित्तको ३.८० प्रतिशत, स्वाभिमान लघुवित्तको ३.६४ प्रतिशतले सेयर मूल्य घटेको छ ।
वि.सं.२०७९ चैत २१ मंगलवार १५:२९ मा प्रकाशित