back
NMB ad

वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल समुहको उम्मेदवारी दर्ता, भन्छन्–हाम्रो जित सुनिश्चित छ

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गरेको छ । मंगलबार एक विशेष कार्यक्रमबीच उक्त समुहले महासंघ केन्द्रिय कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको हो ।

सो समुहबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी दिएका छन् ।

आज भएको उम्मेदवारी दर्ता कार्यक्रममा वस्तुगततर्फबाट उपाध्यक्ष लगायत १४ जना कार्यसमित सदस्य पदका उम्मेदवारहरुले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका थिए । यस्तै सो समुहका जिल्ला तथा नगर र एसोसिएट्सका पनि अधिकांश सदस्यहरुले आजै उम्मेदवारी दर्ता गराएका छन् । सो समुहका कतिपय एसोसिएट्स र जिल्ला नगरका सदस्यहरुले आईतबार र सोमबार मनोनयन दर्ता गराएका थिए ।

उम्मेदवारी दर्तासँगै पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो समुहले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर व्यवसायिक हकहितका विषयहरु उठान गरेकाले जित सुनिश्चित भएको वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताए । ‘हामी व्यवसायीको पीडा बोकेर समस्या समाधान गर्ने समूहको रुपमा अघि बढेका छौं,’ उनले भने, ‘देश आक्रान्त र अस्थिर छ भने आर्थिक रूपमा खस्किएको छ । यस्तो अवस्थामा निजीक्षेत्रको क्याप्टेनसीप दिन वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु जिल्ला नगर, वस्तुगत, एसोसिएट्स र द्विराष्ट्रिय सबै क्षेत्रका उद्योगी व्यवसायीले हाम्रो यस समुहलाई अत्याधित मत दिएर विजयी गराउनेमा विश्वस्त छु ।’

अहिले निजी क्षेत्र एकदमै समस्याबाट गुज्रिरहेको र जसका कारण अर्थतन्त्रमा समस्यामा परेको उनले जानकारी दिए । अहिले सरकारले उद्योगी व्यवसायीको मनोवल उच्च बनाएर देशको अर्थतन्त्र चलायमान बनाउने पर्ने अवस्थामा विभिन्न खालमा समस्या सिर्जना गरेर हतोत्साहित गरेको भन्दै आफु निर्वाचित भएलगत्तै व्यवसायिक हकहितका एजेण्डा बोकेर समाधानका लागि सरकारसँग छलफलमा बस्ने जानकारी दिए ।

देशको अर्थतन्त्रको सम्वाहक निजी क्षेत्र भएको भन्दै निजी क्षेत्रको मनोवल उकास्न सरकारले नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्ने बताए । साथै अहिलेको अवस्थामा उद्योगी व्यवसायिका कर्जालाई राष्ट्र बैंकले पुर्नतालिकिरण र सरकारले ब्याजमा सहुलियत दिनुपर्ने उनको माग थियो ।

वि.सं.२०७९ चैत २१ मंगलवार १६:०३ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...