back
NMB ad

सर्वोच्च अदालतको निर्णय : धितोपत्र ऐनको परिधी भित्र बसेर ब्रोकर लाईसेन्स दिने

Kumari bank ad

काठमाडौं । धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिनेगरी गरेको नियमावली संशोधन धितोपत्र सम्बन्धी ऐन, २०६४ को परिधिभित्र नै रहेको सर्वोच्च अदालतको संवैधानिक इजलासले ठहर गरेको छ। योसंगै सर्वोच्चको आदेशले नेपाल धितोपत्र बोर्डलाई बजारको आवश्यकताअनुसार नयाँ स्कट एक्सचेञ्ज र ब्रोकर लाइसेन्सको आवेदन माग गर्नेगरी नियमावली संशोधन गर्न बाधा नरहेको भन्दै बोर्डलाई बाटो खुला गरिदिएको छ ।

सरकारले चुक्ता पुँजी बढाएर नयाँ ब्रोकर लाइसेन्स दिने निर्णय पनि गरेको थियो। बोर्डले संशोधन गर्दै धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली २०६४ संशोधन गर्दै नयाँ ब्रोकरको लाइसेन्स दिने बाटो खोलेको थियो। नेपाल धितोपत्र बोर्डबाट तीन तहको ब्रोकर लाइसेन्स वितरण गर्नेगरी संशोधन गरिएको थियो।

सर्वोच्चको बुधबारको आदेशसँगै नेपाल धितोपत्र बोर्डलाई बजारको आवश्यकताअनुसार नयाँ स्कट एक्सचेञ्ज र ब्रोकर लाइसेन्सको आवेदन माग गर्नेगरी नियमावली संशोधन गर्न बाधा नरहेको भन्दै बोर्डलाई बाटो खुला गरिदिएको हो।

अधिवक्ता अमृत खरेलको वारेस भइ इन्द्रबहादुर बानियाँले नयाँ स्टक एक्स्चेञ्ज र धितोपत्र दलाल व्यवसायीहरुको लाइसेन्स दिनेगरी भएको नियमावली संशोधन विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर गरेका थिए।

अब सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्ता पुँजी १५ करोड रुपैयाँ पुर्‍याइएको छ। यस्तै पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको ५० करोड रुपैयाँ र धितोपत्र व्यापारीको एक अर्ब रुपैयाँ पुगेको छ। उनका अनुसार ब्रोकर कम्पनीको चुक्ता पुँजीलाई तीन तहमा विभाजन गरेर २० करोड रुपैयाँ, ६० करोड रुपैयाँ र डेढ अर्ब रुपैयाँ व्यवस्था गरिएको छ।

वि.सं.२०७९ चैत २३ बिहीवार १०:३८ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...