काठमाडौं । आज चैत २३ गते बिहीबार सुनको भाउ घटेको छ । उक्त दिन सुन प्रतितोला ८ सय रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदी प्रतितोला ५ रुपैंयाले बढेर घटेर १४ सय ३५ रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी प्रतितोला १४ सय ४० रुपैंयामा कारोबार भएको थियो ।
वि.सं.२०७९ चैत २३ बिहीवार १०:५१ मा प्रकाशित