back
NMB ad

कृषि विकास बैंकले सातै प्रदेशमा सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

Kumari bank ad

काठमाडौं । कृषि विकास बैक लिमिटेडले सात वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनि विकको अवसरमा बैंकले सात वटा प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको हो ।

बैंकले यहि चैत ७ गतेदेखि १२ गतेसम्म देशका सात वटा प्रदेशका ९ स्थानमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको थियो । ग्लोबल मनि विकको अवसमार नेपाल राष्ट्र बैंकको आव्हानमा कृषि विकास बैंकले कार्यक्रमहरु गरेको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रवन्धकहरु, प्रदेश प्रमुख र विभिन्न क्याम्पस तथा विद्यालयका प्राध्यापक र शिक्षकहरुको आथित्यमा वित्तीय साक्षरतासम्बन्धी कार्यपत्रको प्रस्तुतीकरण सहितको कार्यक्रम आयोजना गरिएको थियो ।

बैंकको प्रादेशीक कार्यालय दाङको आयोजनामा ७ गते रोल्पामा कार्यक्रम गरिएको थियो । प्रदेश कार्यालय दाङका निर्देशक राजेशकुमार श्रीवास्तवको अध्यक्षतामा रोल्पा जिल्लाको गंगादेव गा।पा। वडा नम्बर ३ नाउलीमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा त्यो क्षेत्रका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीसहित १३१ जनाको सहभागिता रहेको थियो । त्यहाँ “वित्तीय अनुशासन एवं महिला उद्यमशीलता” सम्बन्धी कार्यपत्रसहित साक्षरता कार्यक्रम संचालन गरिएको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि तथा श्रोत व्यक्ति बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग रहेका थिए । उनले कार्यपत्रमा बैंक के हो ?, बैंकले कसरी काम गर्छ ? बचत गर्ने तरिका र बचत गर्दा हुने फाइदा, बैंक खाताका प्रकार, उद्यमशीलता विकास, कृषि विकास बैंक लि।ले दिने वित्तीय सेवा र कृषि विकास बैंक बाट नै किन कारोबार गर्ने ? लगायत विविध विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख हरिबहादुर पुनको समेत उपस्थिति रहेको थियो ।
त्यस्तै प्रदेश कार्यालय भैरहवालको आयोजनामा लुम्बिनी वाणिज्य क्याम्पसका बिबिए तहमा अध्ययनरत विद्यार्थी माझ कार्यक्रम सम्पन्न गरेको थियो । बैंकका प्रदश निर्देशक सरोज कुमार साहको अध्यक्षमा भएको कार्यक्रममा ८० जना विद्यार्थी सहभागि रहेका थिए । सो कार्यक्रममा बैंकका उप महाप्रबन्धक डा. बाबुकाजी थापाले विद्यार्थीको संकायसँग मेलखाने Digital Display शीर्षक रहेको कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै कोशी प्रदेशको कार्यालय विराटनगका निर्देशक रन्जन खानालको अध्यक्षमामा चैत ९ गते इलामको मंगलबारेमा विद्यार्थी, महिला समूह लक्षित गरी कार्यक्रम आयोजना गरिएको थियो । जहाँ वित्तीय साक्षरता, वित्तीय अनुशासन एवं महिला उद्यमशीलता सम्बन्धी कार्यक्रम गरिएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि बैंकका उपमहाप्रवन्धक प्रताप सुवेदी, विशेष अतिथि देउमाई नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष भीमलाल खनाल, अतिथिहरु मंगलबारे बहुमुखी क्याम्पसका प्रध्यापकहरु सुमन्ता फागो र जमुना नेपालको उपस्थिति रहेको थियो ।

महिला पुरुषसहित १५० जना सहभागी रहेको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित उपमहाप्रवन्धक प्रताप सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए । सोही दिन मधेश प्रदेशको धनुषा जिल्लामा पनि कार्यक्रम आयोजना गरिएको थियो । बैंकको मधेश प्रदेश कार्यालय जनकपुरका निर्देशक नवीनकुमार पाख्रिनको अध्यक्षता जनता नमुना प्राविधिक मा.वि. गिद्धावेलापटि, धनुषामा कृषक समूह, आमा समूह, विद्यार्थी, शिक्षक तथा अभिभावकलाई केन्द्रित गरी वित्तीय साक्षरता कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा कुल ७५ जना सहभागी रहेका थिए ।

कार्यक्रममा श्रोत व्यक्तिको रुपमा बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले वित्तीय साक्षरता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै प्रदेश कार्यालय कर्णली, सुर्खेतले पनि चैत ९ गते नै वित्तीय साक्षरता÷वित्तीय अनुशासन उद्यमशिलता तथा डिजिटल प्रोडक्ट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । सुर्खेतको वीरेन्द्रनगरमा संचालित कार्यक्रममा दैलेख र सुर्खेत जिल्लाका ६७ जना महिलाहरु सहभागी रहेका थिए । कार्यक्रमको अध्यक्षता प्रदेश निर्देशक खुर्सेद अहमदले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि एवं श्रोत व्यक्तिका रुपमा बैंकको उपमहाप्रवन्धक यज्ञप्रकाश न्यौपानेले सहभागिहरुलाई विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

यसैगरी गण्डकी प्रदेश कार्यालय पोखराले गुरुकुल विद्यासदन नयाँबजार, पोखरामा बैंकका प्रदेश निर्देशक प्रकाश कर्णेलको अध्यक्षतामा विद्यालयमा अध्ययनरत विद्यार्थी वर्गलाई लक्षित गरी कार्यक्रम संचालन गरेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, पोखराका निर्देशक आर्या जोशी, विशेष अतिथि कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठ रहेका थिए । त्यो कार्यक्रममा कुल ५० जना सहभागी रहेका थिए । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक आर्या जोशी र बैंकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठले संयुक्त रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सुदुर पश्चिम प्रदेश कार्यालय धनगढीले चैत १० गते महाकाली बहुमुखी क्याम्पस, बेलौरीका विद्यार्थीमाझ कार्यक्रम सम्पन्न गरेको थियो । सो कार्यक्रममा क्याम्पसका विद्यार्थी तथा शिक्षकवर्गलाई लक्षित गरी कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता एवं श्रोत व्यक्ति बैकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने रहेका थिए । सो कार्यक्रममा ८९ जनाको सहभागिता रहेको थियो ।

बागमती प्रदेश कार्यालय काठमाडौंका मुख्यनिर्देशक निर्मलप्रसाद उपाध्यायको अध्यक्षतामा शिक्षक, बिद्यार्थी, कर्मचारी र लोपोन्मुख जिरेल जातिलाई लक्षित गरी दोलखाको सरस्वती सामुदायिक विद्यालय जिरीमा चैत १० गते नै कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा १५० जनाको सहयागिता रहेको थियो ।

कार्यक्रममा श्रोत व्यक्तिको रुपमा बागमती प्रदेश कार्यालयका मुख्य निर्देशक निर्मलप्रसाद उपाध्याय र उपमहाप्रवन्धक दीर्घबहादुरअर्याल रहेका थिए । चैत १२ गते मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नं. ०४ छतिवनमा रहेको महेन्द्र माध्यमिक बिद्यालय (प्राविधिक शिक्षालय) मा सोही विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विधार्थी, शिक्षक र बैंकका ग्राहकहरुसमेत १०० जनाभन्दा बढीको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका उपमहाप्रबन्धक एवं बाग्मती प्रदेश कार्यालय काठमाडौंका मुख्यनिर्देशक निर्मलप्रसाद उपाध्यायले पैसाको प्रवन्ध, प्रयोग तथा कृषि बिकास बैंकबाट प्रदान गरिने सेवा तथा डिजिटल प्रोडक्टको सम्बन्धमा प्रकाश पारेका थिए ।

कार्यक्रममा देशभर संचालित वित्तीय साक्षरता कार्यक्रमहरुमा सहभागीहरुलाई बचत के हो ?, खाताका प्रकारहरु, बैक तथा वित्तीय संस्थाहरुले उपलव्ध गराउने सेवा तथा सुविधाहरु, उद्यमशीलता, कर्जा प्राप्त गर्ने प्रक्रियाहरु, बैकसँग कारोवार गर्दा हुने फाइदा, डिजिटल बैकिंग प्रोडक्टहरु  (Mobile Banking, Visa Card tyf ATM, IPS, Connect-IPS, Internet Banking, ASBA, CRN, QR Code Banking) आदि विषयमा जानकारी प्रदान गरिएको थियो । कार्यक्रमहरुमा सहभागीहरुबाट आएका जिज्ञासा तथा अपेक्षाहरुमा केन्द्रीत रहेर अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा उपस्थित हुनु भएका अतिथि, सहभागी तथा स्थानीय निकायका पदाधिकारीहरुले बैकले गाउँगाउँमा वित्तीय पहँुच पु¥याई सेवा विस्तारका लागि आफ्नो शाखा संजालमा विस्तार गर्नुपर्ने र बैंकको व्यवसाय विस्तारका लागि वहाँहरुको तर्फबाट सदैव साथ सहयोग रहने धारणा व्यक्त गरेका थिए ।

वि.सं.२०७९ चैत २४ शुक्रवार ११:५४ मा प्रकाशित

You can share this post!

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...