back
NMB Ad

भक्तपुर महोत्सवः पाचौं दिनसम्म करिब २ करोडको कारोवार

Royal Enfield Inside Page Banner

भक्तपुर । नयाँवर्ष २०८० साल तथा भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राको अवसर पारेर ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ जारी छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव भइरहेको छ ।

भक्तपुरको अरनिको राजमार्गसंगै सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा जग्गामा जारी महोत्सवमा २ सय भन्दा बढी स्टल रहनका छन् । औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार यहाँ रहेका सम्पूर्ण स्टलहरुले करिब आजसम्म करिब २ करोड रुपैंया कारोवार गर्नेछन् ।

स्टलहरुमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडा, सवारसाधानलगायतका स्टलहरु रहेका छन् ।
हामीले हरेका सामाग्रीमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौं, अध्यक्ष महतले भने ।

आज पाचौं दिनसम्म आम सर्वसाधरणमा महोत्सवमा उल्लेखिए सहभागीता रहेको र धेरै अवलोकनकर्ताहरु अधिकांश स्टलमा गएर उत्सुकता दिएर हेर्नु भएको छ, उनले भने ।

महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दैनिक दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हाँस्य व्यङ्गय सहितका मनोरञ्जनात्मक प्रस्तुती रहेको औद्योगिक शान्ति नेपाल संस्था अध्यक्ष सन्दिप महतले बताए । आयोजकले प्रवेश शुल्क रु.५० र ७० तोकेकोमा विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरेको छ ।

यो महोत्सव २०८० साल बैशाख ३ गतेसम्म आयोजना हुने संयोजक दीपक थापाले जानकारी दिएका छन् ।

वि.सं.२०७९ चैत २७ सोमवार १०:२१ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सन् २०२५ देखि २०३५ सम्म पर्यटन दशक मनाउने तयारी 

सन् २०२५ देखि २०३५ सम्म पर्यटन दशक मनाउने तयारी 

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१७

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा...

भारतको नयाँ दिल्लीमा ११औं अटो ट्रेड डायलग सम्पन्न

भारतको नयाँ दिल्लीमा ११औं अटो ट्रेड डायलग सम्पन्न

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१२

काठमाडौं । यही २०२५ को जनवरी २० मा भारतको राजधानी...

निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च, सबैभन्दा धेरै घाटा भारतसँग   

निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च, सबैभन्दा धेरै घाटा भारतसँग   

वि.सं.२०८१ माघ ८ मंगलवार १८:०४

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा...

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०८१ माघ ८ मंगलवार १८:००

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त अरब...

पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु

पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु

वि.सं.२०८१ माघ ८ मंगलवार १७:५५

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म...

अर्थमन्त्री पौडेलद्वारा रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई निर्देशन

अर्थमन्त्री पौडेलद्वारा रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई निर्देशन

वि.सं.२०८१ माघ ८ मंगलवार १७:४४

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक...