back
NMB Ad

थाहा पाउनुहोस तपाईंको (आज २८ चैत्र २०७९ मंगलवार)को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मानसम्मान पनि पाइन सक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पनि पाउनु हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

बृष

वृष ९(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । कुनै न कुनै कुराले मनमा शान्ति र खुसियाली मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
–ज्यो.पं. नारायणप्रसाद दुलाल

वि.सं.२०७९ चैत २८ मंगलवार ०७:५१ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
अटोमोटिभ क्षेत्रका अवसर र चुनौतीबारे ‘अटोमोटिभ कनक्लेभ २०८१’ आयोजना हुँदै

अटोमोटिभ क्षेत्रका अवसर र चुनौतीबारे ‘अटोमोटिभ कनक्लेभ २०८१’ आयोजना हुँदै

वि.सं.२०८१ फागुन २७ मंगलवार १९:५९

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रका वर्तमान चुनौती, समाधानका उपाय तथा...

आगामी बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

आगामी बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

वि.सं.२०८१ फागुन २७ मंगलवार १९:५१

काठमाडौं । सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई...

विशाल बजारको साधारण सभा रोक्न अदालतको आदेश, यस्तो छ कारण

विशाल बजारको साधारण सभा रोक्न अदालतको आदेश, यस्तो छ कारण

वि.सं.२०८१ फागुन २७ मंगलवार १९:४०

काठमाडौं। विशाल बजार कम्पनी लिमिटेडको यही फागुन २८ गते आयोजना...

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिनेको ओइरो, यस्तो छ पहिलो दिनको अपडेट

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिनेको ओइरो, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ फागुन २७ मंगलवार १७:४२

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा ६१ करोड ७३...

ज्योति विकास बैंकका ग्राहकलाई “डेकोर प्यालेस”मा १५ प्रतिशतसम्म छुट

ज्योति विकास बैंकका ग्राहकलाई “डेकोर प्यालेस”मा १५ प्रतिशतसम्म छुट

वि.सं.२०८१ फागुन २७ मंगलवार १७:३४

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नयाँ अवसर...

ट्रम्पद्वारा विद्युत् अतिरिक्त भन्सार लगाएपछि क्यानाडालाई ‘भन्सार शुल्क दुरुपयोगकर्ता’ को आरोप   

ट्रम्पद्वारा विद्युत् अतिरिक्त भन्सार लगाएपछि क्यानाडालाई ‘भन्सार शुल्क दुरुपयोगकर्ता’ को आरोप   

वि.सं.२०८१ फागुन २७ मंगलवार १६:५९

वासिङ्टन : ओन्टारियो प्रान्तले तीन अमेरिकी राज्यमा विद्युत् अतिरिक्त भन्सार लगाएपछि...