back
NMB ad

गोरखा-जितगढी पदयात्रा सुरु

Kumari bank ad

काठमाडौं । नेपाली सेनाले नेपालको सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ आजदेखि गोरखा-जितगढी पदयात्रा सुरु गरेको छ । मुलुकका ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्गलगायतका धरोहरको संरक्षण‚ सम्वर्द्धन र प्रवर्द्धन गर्न यस्ता पदयात्रा र कार्यक्रमले ठूलो योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

पश्चिम पृतनापति उपरथी दीपककुमार बाँनियाले शुभारम्भ गरेको पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच वटा गण तथा गुल्मका झण्डा समेटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाका सबैभन्दा पहिलो खडा भएका गण तथा गुल्ममा श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज गण हुन् । पदयात्रामा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखा जिल्लामा तैनाथ रिपुमर्दन गणबाट ऐतिहासिक पोसाक तथा परम्परागत बाजागाजा सहितको टोली सहभागी छन् ।

पदयात्रामा गोरखाबाट सहभागी फौजले तनहुँमा तैनाथ फौजलाई सतीघाटमा, तनहुँमा तैनाथ फौजले पाल्पामा तैनाथ फौजलाई केलादीघाटमा र पाल्पामा तैनाथ फौजले रूपन्देहीमा तैनाथ फौजलाई नुवाकोटगढीमा झण्डा हस्तान्तरण गर्नेछ ।

पदयात्रा गोरखा दरबारदेखि रूपन्देहीको जितगढीसम्म करिब २०७ किमि को दूरीमा आयोजना हुने सेनाले जनाएको छ । गोरखा नगरपालिका-६ स्थित गोरखा दरबारबाट सुरु भएको पदयात्रा बुटवलस्थित जितगढी पुगेर वैशाख ७ गते समापन हुनेछ । सोही दिन सेनाद्वारा मर्मत भइरहेको जितगढीको प्रतिमा बुटवल उप-महानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

वि.सं.२०७९ चैत २९ बुधवार १७:०३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...