back
NMB ad

राष्ट्र बैंकको कारबाहीमा परे यी ६ बैंक तथा वित्तीय संस्था, कुन-कुन परे ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । राष्ट्र बैंकको नियम विपरित गएको भन्दै वित्तीय संस्थालाई करिब एक करोड जरीवाना गरेको हो ।

राष्ट्र बैंकले ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कर्जा निक्षेप अनुपात तोकिएको सीमामा कायम नगरेको भन्दै एक करोड रुपैयाँ जरिवाना गरेको हो ।

कारबाहीमा पर्ने बैंकहरुमा कर्पोरट डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक, सप्तकोशी विकास बैंक र सिन्धु विकास बैंक विकास बैंक छन् फाइनान्समा नेपाल फाइनान्स र जानकी फाइनान्स छन् ।

राष्ट्र बैंकका अनुसार कर्पोरट डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक र सप्तकोशी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा माथि रहेको छ । त्यसैगरी नेपाल फाइनान्स र जानकी फाइनान्सले चालु आवको पहिलो त्रैमासम्म कर्जा निक्षेप अनुपात ९० प्रतिशत भन्दामाथि पुर्याएको थियो ।

सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० लाख ५९ हजार ३ सय ३३ रुपैयाँ र दोस्रो त्रैमासमा २२ लाख ७७ हजार ३ सय २ रुपैयाँ गरी सबैभन्दा बढी जरीवाना तिरेको छ ।त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकले चालु आवको पहिलो त्रैमासमा १७ लाख ९३ हजार ६ सय ४७ र दोस्रो त्रैमासमा ३ लाख ३५ हजार ४ सय ७४ रुपैयाँ जरिवाना तिरेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आवको पहिलो त्रैमासमा नारायणी डेभलपमेन्ट बैंकले ५ लाख ८ हजार २ सय र दोस्रो त्रैमसमा ३ लाख ४ हजार २ सय २९ रुपैयाँ जरिवाना तिरेको छ । सिन्धु विकास बैंकले भने चालु आवको पहिलो त्रैमासमा मात्रै ८ लाख ८२ हजार एक सय २१ रुपैयाँ जरिवाना तिरेको छ । त्यसैगरी चालुआवको पहिलो त्रैमासमा नेपाल फाइनान्सले एक लाख ४९ हजार ३ सय ६३ र जानकी फाइनान्सले ८० हजार ९ सय ८५ रुपैयाँ जरिवाना राष्ट्र बैंकलाई बुझाएका छन् ।

वि.सं.२०७९ चैत २९ बुधवार २०:३० मा प्रकाशित

You can share this post!

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...