काठमाडौ । कुमारी बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले २०८० साल वैशाख १ गतेदेखि लागुहुने गरी घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
कुमारी बैंकले निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाएर ९.९९ प्रतिशतसम्म कायम गरेको हो ।
बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार बैंकको सामान्य बचत खातामा न्युनतम ५.४० प्रतिशत ब्याजदर र अधिकतम ७.४० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । त्यस्तै, बैंकको मुद्दती निक्षेपअन्तर्गत बैंकले ९.९९ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।
यता बैंकले कर्जामा भने १३.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
वि.सं.२०७९ चैत ३० बिहीवार १०:४५ मा प्रकाशित