काठमाडौं । माई खोला हाइड्रोपावरले वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले सर्वसाधारणका लागि १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गर्न लागेको हो ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने वैशाख २४ गतेसम्म खुला रहनेछ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै आइपीओ बिक्री गरी बाँडफाँड गरिसकेको छ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । सर्वसाधारणले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
वि.सं.२०७९ चैत ३० बिहीवार ११:१४ मा प्रकाशित