काठमाडौं । आज चैत ३० गते शुक्रबार सुनको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदी प्रतितोला १४ सय ५० रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बुधबार पनि छापावाल सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी प्रतितोला १४ सय ५० रुपैंयामा कारोबार भएको थियो ।
वि.सं.२०७९ चैत ३० बिहीवार ११:०८ मा प्रकाशित