back
NMB ad

दोल्ती पावरको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ अपडेट

Kumari bank ad

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको आईपीओमा करिब साढे ८ लाखको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसारआज बिहीबार साँझसम्ममा ८ लाख ४६ हजार ५३२ आवेदकबाट ९४ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको ९४ लाख ५४ हजार ३६० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणको लागि छुट्टाइएको १२ लाख ७१ हजार ८६१ कित्ता शेयरको ७.४३ गुणा बढी हो ।

कम्पनीले चैत २८ गतेदेखि १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

यसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५ प्रतिशत अर्थात् ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँड गरिसकेको छ ।

बाँकी १२ लाख ७१ हजार ८६१ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७९ चैत ३० बिहीवार १७:३७ मा प्रकाशित

You can share this post!

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...