back
NMB ad

बैंक तथा वित्तिय संस्थाको घटेको व्याजदर आजदेखि लागु हुने, कुनको कति ?

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले शुक्रबारबाट नयाँ ब्याज दर लागु गरेका छन् । बुधबार बसेको बैंकर्स संघको बैठकले गरेको वैशाख महिनाका लागि एकल अंकमा झर्ने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय शुक्रबारबाट कार्यान्यवनमा गएको हो ।

निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर समेत केही प्रतिशत घट्ने भएको छ ।

बैंकहरुले बिहीबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत कायम भएको छ । यस्तै संस्थागत निक्षेपमा बैंकहरुले ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

शुक्रबारबाट साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् ।

आगामी बैशाखमा विकास बैंकहरुले पनि ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । बैशाखका लागि विकास बैंकहरुले १०.६० प्रतिशत ब्याजदर तोकेका छन् । तर, चैतमा भने बैंकहरुले ११.६० प्रतिशत ब्याज कायम गरेका थिए ।

यता, वाणिज्य बैंक र विकास बैंकहरुले ब्याजदर घटाएपछि फाइनान्स कम्पनीहरुले पनि कम गरेका छन् । आगामी बैशाखमा अधिकांश फाइनान्स कम्पनीहरुले ११.२५ प्रतिशत ब्याजदर दिने भएका छन् । तर, चैत महिनामा भने कम्पनीहरुले १२ प्रतिशत ब्याजदर कायम गरेका थिए ।

वि.सं.२०८० वैशाख १ शुक्रवार ०९:०३ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...