back
NMB ad

घोडाबाँधेमा फहराइए एक सय ९८ देशका झण्डा

Kumari bank ad

ढोरपाटन । बागलुङको घोडाबाँधे भ्युटारमा एक सय ९८ देशका झण्डा फहराइएको छ । भ्युटावरलाई विश्व सांस्कृतिक ग्रामका रुपमा विकास गर्न यहाँ झण्डा फहराएर सुरुआत गरिएको हो ।

जिल्लाको काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सङ्गमस्थलमा पर्ने भ्युटार क्षेत्र उच्च पहाडी क्षेत्रमा पर्छ । यहाँबाट उच्च पहाडसँगै दजर्नौँ हिमशृङ्खला देखिने र विदेशी पर्यटकको रोजाइमापर्ने भएको हुँदा भ्युटावरलाई प्रवद्र्धन गर्न थालिएको पर्यटन अभियन्ता कृष्ण केसीले बताउनुभयो ।

उहाँले नयाँ वर्षको अवसरमा ग्लोबल कल्चर भिलेज नेपालले प्रचारप्रसारका लागि झण्डा फहराएर सुरुआत गरेको बताउनुभयो । धौलागिरि–ढोरपाटन वृहत परियोजना तयार गरेर यहाँको विकास गरिने केसीको भनाइ छ ।

यस परियोजनाअन्तरगत धौलागिरि, निलगिरि, ढोरपाटन र कालीगण्डकीको प्रवद्र्धन गरने केसी बताउनुहुन्छ । घोडाबाँधेमा संसारकै ठूलो घोडाको मूर्तिसमेत निर्माण गरिने उहाँको भनाइ छ । केसी भन्नुहुन्छ, “घोडाबाँधे क्षेत्र यस्तो ठाउँ हो, जन नेपालमा बिरलै छन्, पर्यटकीय हिसाबले प्रचुर सम्भावना भए पनि प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको छ, यसको प्रचारलाई व्यापक बनाउन हामीहरूले एक सय ९८ देशका झण्डा फरफराएका छौँ, अब स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर यसको विकास गर्ने योजना बनाएका छौँ ।”

केसीले भ्युटार क्षेत्रलाई ‘वल्ड कल्चर भेलेज’का रुपमा विकास गर्ने बताउनुभयो । उहाँले विश्वका कला, संस्कृतिलाई यहाँ संरक्षित गरी आन्तरिक तथा बाह्य पर्यटक बनाउने योजना बनाएको सुनाउनुभयो । गण्डकी प्रदेशसभा सदस्य कुसुम बुढा मगरले स्थानीय भूगोल, सम्पदा, संस्कृतिको पहिचान र चिनारीबाट पर्यटन प्रवद्र्धन गर्न स्थानीय जनसमुदाय जागरुक हुन आवश्यक रहेको बताउनुभयो ।

जिल्लामा अनगिन्ती पर्यटकीय क्षेत्र रहेको र ती क्षेत्र प्रचारप्रसारका कारण पछाडि परेको बताउनुभयो । भ्युटावरको प्रचारप्रसारका लागि गलकोट नगरपालिकाका, जैमिनी नगरपालिकाका बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि चासो दिएका छन् ।

वि.सं.२०८० वैशाख २ शनिवार १९:१८ मा प्रकाशित

You can share this post!

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...