back
NMB ad

२३ वर्षपछि विद्यालय पुनःस्थापना

Kumari bank ad

नवलपरासी । नवलपुरको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा बाढीका कारण विस्थापित भएको विद्यालय दुई दशकपछि पुनःस्थापना भएको छ । सीतापुरमा रहेको जनतासिद्ध निम्न माध्यमिक विद्यालय विसं २०५७ मा नारायणी नदीमा आएको बाढीका कारण विस्थापित भएको थियो । उक्त विद्यालय मध्यविन्दु नगरपालिकाको पहलमा २३ वर्षपछि पुनःस्थापना गरिएको छ ।

नारायणीमा आएको बाढीले बस्ती कटान र डुबान गरेपछि बस्तीसँगै विद्यालय पनि विस्थापित बन्न पुगेको थियो । विद्यालय विस्थापित भएको २३ वर्षपछि सोही स्थानमा नयाँ वर्षको अवसर पारेर मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले विद्यालयको उद्घाटन गर्नुभयो । विसं २०२६ मा स्थापना भएको जनतासिद्ध निमावि विसं २०५७ को बाढीका कारण सीतापुरबाट विस्थापित भएपछि लुसलहरिको तत्कालीन अमर प्रावि भएको स्थानबाट सञ्चालन भएको थियो ।

एउटै परिसरबाट दुईवटा विद्यालय सञ्चालन भएको केही वर्षपछि दुई विद्यालय गाभिएर जनतासिद्ध अमर माध्यामिक विद्यालय बनेको थियो । त्यसबीचमा बाढी र डुबानका कारण विस्थापित भएका स्थानीयवासी क्रमशः बस्ती फर्किए पनि गाउँबाट विस्थापित विद्यालय भने फर्किएन । विद्यालय विस्थापित भएपछि सीतापुर नन्दपुर सेहरीका विद्यार्थीले अहिले अध्ययनका लागि अन्य क्षेत्र जानुपर्ने बाध्यता छ । विद्यालय स्थापनापछि गुणस्तरीय शिक्षाका लागि अन्य क्षेत्र पुग्नुपर्ने बाध्यता हट्ने विश्वास अभिभावकको छ ।

विगतमा विद्यालय सञ्चालनमा रहेको र भौतिक संरचनासमेत भएको स्थानमा विद्यालय स्थापनापछि अब गाउँमै विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने नगरप्रमुख अधिकारीले बताउनुभयो । जनतासिद्ध विद्यालय सञ्चालनको सम्पूर्ण जिम्मेवारी नगरपालिकाको हुने भन्दै उहाँले अभिभावकले कुनै पनि शुल्क बुझाउनु नपर्ने बताउनुभयो ।

पहिलो चरणमा स्थापना भएको जनतासिद्ध र मध्यविन्दु नगरपालिकाको पहाडी क्षेत्र वडा नं १४ का सबै विद्यालयमा सबै व्यवस्थापन नगरपालिकाबाट गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । मध्यविन्दु नगरपालिकाको शैक्षिक अवस्था सुधारलाई पहिलो प्राथमिकतामा राखेर अहिले काम भइरहेको जनाउँदै उहाँले सबै पक्षको सकरात्मक सहयोगको नगरपालिकाले अपेक्षा राखेको बताउनुभयो ।

मध्यविन्दु नगरपालिका शिक्षा अधिकृत कृष्ण रेग्मीले अभिभावकको माग, नगर शिक्षा समिति र नगरकार्यपालिकाको निर्णयानुसार विद्यालय स्थापना भएको बताउनुभयो ।

विद्यालय सञ्चालनका लागि समुदायस्तरबाट सहयोग हुने स्थानीय अभिभावकले प्रतिबद्धता व्यक्त गर्नुभयो । “विद्यालय यहाँबाट विस्थापित हुनुपहिले पाँच सय ६० विद्यार्थी यहीँ पढ्थे । विद्यालय लुसलहरि गएपछि २०२६ सालमा खुलेको विद्यालयको इतिहास पनि हरायो । गाउँका विद्यार्थीले पनि दुःख पाए”, विद्यालय स्थापना तयारी समितका संयोजक श्यामनारायण महतोले भन्नुभयो ।

विद्यालयका पूर्वशिक्षकसमेत रहनुभएका महतोले पूर्ववत् अवस्थामा विद्यालय सञ्चालन गर्न तत्काल सम्भव नभए पनि क्रमशः सबै विद्यार्थी र अभिभावकको रोजाइ बनाउन सबै समुदाय एकबद्ध भएको बताउनुभयो । आजदेखि वैशाख १० गतेसम्म विद्यालयले भर्ना अभियान सञ्चालन गर्ने मध्यविन्दु–२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो ।

वि.सं.२०८० वैशाख ३ आइतवार ०९:०७ मा प्रकाशित

You can share this post!

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...