काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको २०७९ चैत्र ३० गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ६.५ प्रतिशत नगद लाभांश गरी कुल १४.५० प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।
वि.सं.२०८० वैशाख ३ आइतवार १०:१८ मा प्रकाशित