काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो ।
महासंघको अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको भएको छ।
यसअघि चैत ३० गते शुक्रबार छापावाल सुन १ लाख १० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भएको छ। चैत ३० गते पनि चाँदी तोलाको १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।
वि.सं.२०८० वैशाख ३ आइतवार ११:२१ मा प्रकाशित