back
NMB ad

दैनिक १२ करोड लिटर पानी वितरण

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको पानी दैनिक १२ करोड लिटर वितरण गर्न थालेको छ । मेलम्ची नदीबाट दैनिक १७ करोड पानी ल्याइएकामा दैनिक पाँच करोड लिटर पानी पाइप परीक्षणका लागि र बाँकी उपभोक्ताको घरघरमा वितरण भइरहेको जनाइएको छ ।

आयोजना कार्यान्वयन निर्देशनालयले दैनिक १२ करोड लिटर पानी उपभोक्ताले प्रयोग गरिरहको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले जानकारी दिनुभयो । बाँकी पानी कति क्षेत्रफलमा परीक्षण गर्ने सोही आधारमा खपत हुने उहाँले बताउनुभयो । प्रमुख शाक्यले भन्नुभयो, “परीक्षणका लागि प्रयोग भएको बाहेक पानी उपभोक्ताको धारामा पठाइएका छौँ ।” उपभोक्ताको घरमा दुई दिनको फरकमा पानी वितरण गरिरहेको लिमिटेडले जनाएको छ ।

“कुनै क्षेत्रमा पानी राम्रो आइरहेको छ भने कतै राम्रो नआएको गुनासो आइरहेको छ । पानी नपुगेका र धाराबाट कम झर्ने ठाउँमा पुगेर समस्या समाधान गर्दै पानी पठाइरहेका छौँ”, उहाँले भन्नुभयो । पहिले भित्रि बस्तीमा पानी नआउने भनी गुनासो आएकामा अहिले त्यो समस्या समाधान गरी नियमित पानी वितरण गरिएको प्रमुख शाक्यको भनाइ थियो ।

मुख्य लाइनबाट भित्र भने पानीको पाइप उपभोक्तको घरसम्म नपुगेकाले पानी वितरण हुन नसकेको उहाँले बताउनुभयो । केही ठाउँमा धारा बिग्रिएको, जाम भएको वा बीचमा छुटिएको गुनासो आएकाले मर्मत गरी नयाँ पाइप जडान पश्चात् पानी वितरणको तयारी भइरहेको प्रमुख शाक्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “क्षेत्रगत समस्या अहिले छैन कुनैकुनै घरमा भने अझै समस्या हुनसक्छ । समाधान गरेर पानी नियमित वितरणका लागि काम गर्नेछौँ ।” उहाँका अनुसार भक्तपुर नगरपालिकाका विभिन्न स्थानबाट गुनासो आइरहेको छ ।

लिमिटेड र नगरपालिकाबीच समाधानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नगरपालिकाले पाइपका लागि खन्ने र पुर्ने कामका लागि खर्च बेहार्ने र लिमिटेडले पाइप तथा आवश्यक अन्य सामग्रीको खर्च बोहोर्ने गरी सहकार्य भएको प्रमुख शाक्यले बताउनुभयो ।

यस आर्थिक वर्षमा गत पुसदेखि उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको हो । हिउँदको समयमा उपत्यकामा खानेपानीको समस्या हुने गरेकामा मेलम्चीको पानी आउन थालेपछि उपत्यकावासीलाई सहज भएको छ ।

वि.सं.२०८० वैशाख ३ आइतवार १५:४४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...