काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज एक कम्पनीको मूल्य समायोजन गरेको छ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको १५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई १ हजार २४७ रूपैयाँ ८३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य १ हजार ४३५ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०८० वैशाख ३ आइतवार १६:५६ मा प्रकाशित