back
NMB ad

यूनियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई जारी गर्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई वितरण गरेको ८.९७ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेन्ज र सिडियस क्लियरिङ्गमा दर्ता भई अभौतिक रुपमा कारोबार भइसकेको छ ।

साथै, साधारण सभाबाट पारित भएबमोजिम मिति २०७९ मंसिर १५ गतेसम्म कायम सेयरधनीहरुले सो बोनस सेयर पाउने तथा बोनसमा लाग्ने कर बापतको रकम सेयरधनी स्वयमं आफैले तिर्नुपर्ने जनाएको छ ।

कर बापतको रकम कम्पनीको नाममा रहेको प्रभु बैंक लिमिटेडको खाता नं . ०८९००८९९५४१००१२१ (वालिङ शाखामा) जम्मा गरी सो भौचर वा कनेक्ट आइपीएस बाट जम्मा गरी कम्पनीको इमेल [email protected] मा पठाएपश्चात मात्र सेयरधनीको हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।

साथै बोनस सेयरमा लाग्ने करको विवरण कम्पनीको वेबसाइट कार्यालयको सम्पर्क नं. ०१–९७९४५८, ०१४७९६२२५ मो.नं. ९८५५०७१४२३ तथा कम्पनीको सेयर रजिस्टार प्रभु क्यापिटल लिमिटेडको वेबसाइटमा गई हेर्न सकिनेछ ।

कर बापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं. पूरा नाम तथा सम्पर्क नं समेत उल्लेख गर्न अनुरोध गरेको छ ।

कम्पनी सेयर मिति २०७९ मंसिर १५ गते सम्म धितो बन्धक राखि कर्जा लिएका सेयरधनीको हकमा सेयरधनी सो बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्नका साथै कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तचा वित्तिय संस्थामा सम्पर्क गरी नो अब्जेक्सन लेटर वा सो बोनस सेयरको रिलिज लेटर प्राप्त भएपश्चात मात्र बोनस सेयर हितग्राही खातमा जम्मा हुने सूचना मार्फत जानकारी दिएको छ ।

वि.सं.२०८० वैशाख ४ सोमवार १०:३५ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...