back
NMB ad

मकै बेचेर जीवन निर्वाह गर्दै कलैया थारु

Kumari bank ad

भजनी । कैलालीको टीकापुर नगरपालिका–१ भूपु कमैया शिविरका कलैया थारु दैनिक मजदुरी गरेर जीविका चलाउँदै आउनुभएको थियो । दिनभर अरुकोमा मजदुरी गरेर जीविका चलाउँदै आउनुभएका कलैयाले अचेल सडक छेउमा मकै पोलेर बिक्री गर्नुहुन्छ ।

अरुको बारीबाट मकै खरिद गरेर उहाँ श्रीमतीसहित दिनभर मकै बेच्न व्यस्त देखिनुहुन्छ । सानो मकै रु २० र ठूलो मकै २५ मा बिक्री हुन्छ । श्रीमान् पोलेको मकै बेच्न व्यस्त हुँदा श्रीमती सीता चौधरी मकै पोल्न ।

“केही गरेर खानलाई आफूसँग तागत भन्दा अरु कुनै सीप छैन । खेतीपाती गर्नका लागि जग्गा छैन”, कलैया भन्नुहुन्छ, “अरुको बारीबाट मकै खरिद गरेर पोलेर बिक्री गर्ने गरेका छौंँ । त्यसैबाट आएको पैसाले घरखर्च चलाउन थालेका छौंँ ।” त्यहीँ मकै बेचेर दैनिक एक हजारदेखि दुई हजारसम्मको कमाइ हुनेगरेको कलैया बताउनुहुन्छ ।

एकतापुर शिविरकी कल्याणी चौधरीले तीन वर्षदेखि मकै बिक्री गर्दै आउनुभएको छ । अहिले मकैको बेमौसम भएकाले पोलेको मकै बिक्रीमा समस्या छैन । “ज्यालादारीमा भनेबेला काम पाइदैन । पाएको काममा पनि कमाई भन्दा बढी वचन सुन्नुपर्ने”, कल्याणी भन्नुहुन्छ, “त्यो भन्दा काँचो मकै ल्याएर पोलेर बिक्र गर्दा राम्रो । कमाइ पनि राम्रो, कुरा पनि कसैको सुन्नु नपर्ने ।” उहाँले आफुसँग खेती गर्न जग्गा नभएको बताउँदै अरुबाट काँचो मकै ल्याएर बिक्री गर्ने गरेको बताउनुभयो ।

टीकापुर नगरपालिका–२ बन्दीपुरकी सञ्जिवनी चौधरीका दुई छोरा सेनामा र श्रीमान् भारतमा काम गर्नुहुन्छ ।

आफूसँग तागत हुँदासम्म आफ्नै व्यवसायमा व्यस्त सञ्जीवनी पनि दिनभर बजार क्षेत्रमा मकै पोलेर बेच्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नो कामबाट सन्तुष्ट छु ।”

उहाँले पाँच कट्टा जग्गामा मकै खेती गर्नुभएको छ । आफैले फलाएको मकै ल्याएर उहाँ बजारमा बिक्री गर्नुहुन्छ । सञ्जीवनी भन्नुहुन्छ, “एक सिजनमा मकै बेचेर ५० देखि ६० हजार कमाइ हुन्छ । अन्य समयमा तरकारी खेतीबाट पनि आम्दानी हुन्छ ।” सिजनमा तरकारी खेतीबाट पनि उहाँले राम्रो आम्दानी गर्नेगरेको बताउनुभयो ।

बजारका विभिन्न ठाउँमा रुखमुनि शीतलमा बसेर मकै पोलेर बेच्ने बढ्दै गएका छन् । पुरुष भन्दा मकै पोलेर बिक्री गर्ने महिला बढी छन् । कतिपयले मकैखेती आफै गरेका छन् भने कतिपयले अरु किसानबाट रु १० मा मकै खरिद गरेर २० देखि २५ मा बेच्छन् ।

विपन्न परिवारका पुरुष कमाउनको लागि बाहिर जाने र महिला सिजनमा गाउँमै ज्यालादारी गर्छन् । काम नभएको समयमा किसानबाट मकै ल्याएर दिनभर मकै पोलेर बेच्ने लगायतका काममा व्यस्त हुनेगरेका छन् ।

टीकापुर नगरपालिका–३ पुछरीका राधेश्याम चौधरी मकै बेच्नकै लागि पाँच किलोमिटर साइकलको यात्रा गरेर टीकापुर बजार पुग्नुहुन्छ । श्रीमानश्रीमती दुबै साइकलमा टीकापुर पुगेर दिनभर मकै पोल्ने र बिक्री गर्ने गर्नुहुन्छ । ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आउनुभएका उहाँ चार वर्षदेखि मकै बेच्नुहुन्छ । “थोरै मिहेनतमा राम्रो आम्दानी हुनेभएपछि सिजनमा राम्रो आम्दानी हुने गरेको छ । मकै बेचेर केही महिनाको घरखर्च र अहिले छोराछोरीको विद्यालय भर्नाको जोहो भइहाल्छ”, राधेश्याम भन्नुहुन्छ, “गर्मीयाममा मजदुरी गरेर जीविका चलाउन पनि मुस्किल हुन्छ । मजदुरी गर्नुभन्दा यो सिजनमा मकै बेच्नु राम्रो छ ।”

वि.सं.२०८० वैशाख ४ सोमवार १३:२२ मा प्रकाशित

You can share this post!

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...