back
NMB ad

सुर्तीजन्य पदार्थको अनुगमनमा छ वटा टोली परिचालन

Kumari bank ad

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गरेको छ ।

गत पुस २७ गते बसेको ११ औँ नगरसभाले विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने निर्णय गरेको थियो । नगरसभाको निर्णयअनुसार महानगरले यही वैशाख १ गतेदेखि लागू हुनेगरी विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलहरूमा सुर्तीजन्य पदार्थको सेवनसँगै बिक्री वितरणमा समेत निषेध गरेको छ ।

सञ्चारमाध्यममा सूचना प्रकाशित गर्नुका साथै महानगरले माइकिङसमेत गरेर सार्वजनिकस्थलहरूमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरण नगर्न आग्रह गर्दै आएको छ । निर्णय उल्लङ्घन गरेर बिक्री वितरण गर्ने गरेको पाइएपछि महानगरको टोलीले सुर्तीजन्य पदार्थ जफत गर्न सुरु गरेको छ ।

सोमबार महानगरले छ वटा शाखा र महाशाखा प्रमुखको नेतृत्वमा टोली परिचालन गरेर अनुगमन गरेको छ । आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेलको नेतृत्वमा वडा नं १, २, ३ र १९, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाको नेतृत्वमा वडा नं ४, ५ र ६ र राजस्व महाशाखा प्रमुख सरोजकुमार गौतमको नेतृत्वको टोलीले वडा नं ७, ८ र ९, सरसफाइ शाखा प्रमुख पुनमकुमार दाहालको नेतृत्वमा वडा नं १०, १४ र १८, स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीको नेतृत्वमा वडा नं १३, १५ र १७ तथा महानगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वको टोलीले वडा नं ११, १२ र १६ अनुगमन गरेको थियो ।

निर्णय प्रभावकारीरूपमा कार्यान्वयन गर्न टोली नै परिचालन गरेर अनुगमन गरिएको महानगर प्रमुख नागेश कोइरालाले बताउनुभयो । सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा मात्रै नभएर विराटनगरको सरसफाइमा समेत असर परेको प्रमुख कोइरालाको भनाइ छ । “चुरोट, गुट्खा, खैनीलगायत सुर्तीजन्य पदार्थको सेवनले एकातिर मानव स्वास्थ्यमा असर गरिरहेको हुन्छ,” उहाँले भत्रुभयो, “त्यसको खोलका कारण महानगरको सुन्दरतामा समेत ह्रास आएको थियो ।” विराटनगरवासीकै हितमा महानगरले निर्णय गरेकाले कार्यान्वयन गर्न प्रमुख कोइरालाले आग्रह गर्नुभएको छ ।

विद्यालय, स्वास्थ्य संस्था, मठमन्दिरदेखि एक सय मिटर वरपर भने सुर्तीजन्य ऐनले नै सेवन र बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । महानगर क्षेत्रभित्र खुल्लारूपमा बिक्री वितरण र सेवन गर्न नपाउने नगरसभाको निर्णय प्रभावकारीरूपमा कार्यान्वयन गराउन महानगर लागिपरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताउनुभयो ।

सरसफाइमा समेत सुर्तीजन्य पदार्थको खोल चुनौतीका रूपमा रहेको छ । नाला सफा गर्ने क्रममा ७० प्रतिशत त सुर्तीजन्य पदार्थको खोल मात्रै भेटिने गरेको छ ।

टोलीले अनुगमनका क्रममा पसल अगाडि झुन्ड्याएका सुर्तीजन्य पदार्थ जफत गर्नुका साथै अबदेखि खुल्लारूपमा बिक्री वितरण नगर्न पसल सञ्चालकहरूलाई आग्रह गरेको थियो ।

यसैबीच, महानगरले यसअघि निर्णय गरेको शनि मन्दिरदेखि अस्पतालचोकसम्मको सडकलाई मङ्गलबारदेखि पार्किङ निषेध गर्ने भएको छ । त्यसका लागि पार्किङस्थललाई व्यवस्थित गर्ने कार्य भइसकेको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिनुभयो ।

महानगरले नगर क्षेत्रका नालाहरू सफाइको कार्यमा तीव्रता दिएको छ । नाला सफा भएमा बर्सातको समय सजिलै बग्न सक्ने र कुनै पनि ठाउँमा पानी नजम्ने वा डुबान नहुने स्थिति सिर्जना गर्न नाला सफाइको काम द्रूत गतिमा भइरहेको छ ।

वि.सं.२०८० वैशाख ४ सोमवार २१:०० मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...