काठमाडौं । बुधबार सुनको भाउ महँगो भएको छ । उक्त दिन सुन प्रतितोला ३ सय रुपैंयाले महँगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार महासंघको अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको भएको छ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको प्रतितोला ५ रुपैंयाले घटेर १ हजार ४४५ रुपैयाँमा कारोबार भएको छ। मंगलबार चाँदी तोलाको १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।
वि.सं.२०८० वैशाख ६ बुधवार १०:३७ मा प्रकाशित