काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । आज बजार १५.१३ अंकले बढेर १९२० को विन्दुमा कायम हुन पुगेको हो ।
उक्त दिन ८७ करोड २१ लाख २१ हजार रुपैंया बराबरको कारोबार भएको छ । आज नेप्सेमा सूचिकृत २७१ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको १२ वटा उपसूचकमा हरियाली छाएको छ
आज सेयर बजार बढ्दा आदर्श लघुवित्तको सेयर मूल्य उच्च दरमा घटेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
वि.सं.२०८० वैशाख ६ बुधवार १५:३२ मा प्रकाशित