काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । आज बजार १५.१३ अंकले बढेर १९२० को विन्दुमा कायम हुन पुगेको हो ।
उक्त दिन सबैभन्दा बढी स्वाबलम्बन लघुवित्तको कारोबार भएको छ । आज कम्पनीको ८ करोड ८३ लाख १३ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नबील बैंकको ३ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन एनआएसी एशिया बैकको ३ करोड १८ लाख ५६ हजार रुपैयाँ, शिभम् सिमेन्ट्सको ३ करोड १७ लाख ८५ हजार रुपैयाँ र निफ्राको २ करोड ३९ लाख ४७ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० वैशाख ६ बुधवार १५:२० मा प्रकाशित