back
NMB ad

वार्षिक असुली लक्ष्यको झण्डै ४९ प्रतिशत राजस्व सङ्कलन

Kumari bank ad

सुदूरपश्चिम । कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को चैत महिनासम्म रु छ अर्ब ३० करोड ४३ लाख ४९ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालु वर्षको चैत महिनासम्म भन्सार महसुल रु दुई अर्ब ३१ करोड ७४ लाख ६५ हजार, मूल्य अभिवृद्धि कर रु दुई अर्ब ६१ करोड ६१ लाख ८८ हजार, अन्तःशुल्क रु १६ करोड १७ लाख ६० हजार र अन्यतर्फ रु एक अर्ब २० करोड ८९ लाख ३६ हजार असुली भएको जनाएको छ ।

चैतसम्म भएको असुली वार्षिक असुली लक्ष्यको ४९ दशमलव २२ प्रतिशत हो । चैतमा असुली दर अन्य महिनाको तुलनामा उत्साहजनक देखिएको छ । यो एक महिनामा असुली दर ७७ दशमलव ३२ प्रतिशत पुगेको थियो । चालु वर्षमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर ९भ्याट० अन्तःशुल्क र अन्यसमेत गरी वार्षिक असुलीको लक्ष्य रु १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार लक्ष्य राखिएको छ ।

योमध्ये भन्सारतर्फ रु चार अर्ब, ७४ करोड, ३१ लाख ६७ हजार, भ्याटतर्फ रु चार अर्ब ४७ करोड २० लाख २७ हजार, अन्तःशुल्कतर्फ रु ३२ करोड ३२ लाख ७४ हजार र अन्यतर्फ रु दुई अर्ब ७६ करोड ८२ लाख दश हजार असुलीको लक्ष्य राखिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा कार्यालयले भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, र अन्यमा समेत गरी लिइएको लक्ष्यको ८१ प्रतिशत अर्थात् रु नौ अर्ब ५८ करोड २६ लाख ५० हजार असुली गरेको थियो । उक्त वर्ष रु ११ अर्ब ८२ करोड ३९ लाख १७ हजार असुलीको लक्ष्य राखिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा राजस्व सङ्कलन हुने मुख्य नाका कैलाली भन्सार कार्यालय हो । यो कार्यालयअन्तर्गत विगतमा जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रको पृथ्वीपुर, परासन, भडरी, कनरी, घुइँयाफाँटा, बर्दवा, सोनाफाँटा क्षेत्रमा छोटी भन्सार कार्यालय सञ्चालनमा थिए । सशस्त्र द्वन्द्व चर्केको बेलादेखि यी कार्यालय बन्द अवस्थामा छन् । पुनः सञ्चालनको आवश्यक नभएको महसुस गरेर नै सरकारले यी छोटी भन्सार कार्यालय सञ्चालन र व्यवस्थापन नगरेको हुनसक्ने प्रमुख भन्सार अधिकृत राजेन्द्रकुमार हमालले बताउनुभयो ।

कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी छोटी भन्सार कार्यालय पनि यसै भन्सार कार्यालयअन्तर्गत रहेको छ । कैलाली भन्सारको नाका हुँदै मुख्यरुपमा पेट्रोलियम पदार्थ, मिल मेसिनरी, खाद्यान्न, बिस्कुट, मोटरपार्टस, र औद्योगिक कच्चा पदार्थलगायतका वस्तु आयात हुन्छन् । रोजिन एण्ड टर्पेन्टाइन, खरी ढुङ्गा र कत्थाजस्ता वस्तु निर्यात हुन्छन् ।

विगतमा वार्षिक ठूलो परिमाण र मूल्यमा आयात हुने भारतीय सिमेन्ट कम्पनीको सिमेन्टको आयात भने पछिल्ला वर्षमा रोकिएको छ । स्थानीय बजारमा नेपाली सिमेन्टको माग र प्रयोग बढ्न थालेपछि भन्सार नाकाबाट भित्रिने भारतीय सिमेन्टको आयात रोकिएको हो ।

सेवाग्राहीको सुविधाका लागि भन्सार कार्यालय परिसरमा राजस्व दाखिला गर्न बैंकको सुविधाका साथै आयात निर्यातको लागि नजिकै पशु क्वारेन्टाइन कार्यालय, प्लान्ट क्वारेन्टाइन र खाद्य क्वारेन्टाइनका कार्यालयसमेत सञ्चालनमा छन् ।

वि.सं.२०८० वैशाख १३ बुधवार २०:२५ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...