काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई उत्कृष्ट विप्रेषण सेवा प्रदायकको रुपमा सम्मान गरेको छ ।
केन्द्रीय बैंकले आफ्नो ६८औं वार्षिकोत्वसको अवसरमा हिमालयन बैंक, नेपाल एसबिआई बैंक र ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो ।
मुलुकभित्र सर्वाधिक विप्रेषण भित्र्याउने यी तीन वाणिज्य बैंक र तीन वटा रेमिट्यान्स कम्पनीलाई केन्द्रीय बैंकले प्रशंसापत्र प्रदान गर्न सुरु गरिएको हो ।
बैंकले आइएमई लिमिटेड, सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. र प्रभु मनी ट्रान्सफर प्रा.लि.लाई प्रशंसापत्रसहित सम्मान गर्न लागेको हो ।
वि.सं.२०८० वैशाख १५ शुक्रवार १२:०२ मा प्रकाशित