back
NMB ad

छुटाउनुभयो कि ? २० हजार कित्तासम्म भर्न पाइने आइपीओ, आवेदन दिने आज अन्तिम दिन

Kumari bank ad

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले बैशाख १३ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज बैशाख १७ गते अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँड नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको शेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

जसमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ भने २९ हजार ८६३ कित्ता शेयर कर्मचारीहरुको लागि तथा ७४ हजार ६५८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारण लगानीकर्ताले अब कुल १२ लाख ६८ हजार ६३९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

वि.सं.२०८० वैशाख १७ आइतवार ०७:०७ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:४२

खजुरा (बाँके), १६ वैशाख : नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:३७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा...