काठमाडौं । नेपाल पुर्नबीमा कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको २०८० बैशाख १७ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको चुक्तापुँजी १२ अर्ब २३ करोड २५ लाख रहेको छ ।
कम्पनीको उक्त प्रस्ताव बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।
वि.सं.२०८० वैशाख १७ आइतवार १०:३१ मा प्रकाशित