back
NMB ad

नयाँ स्टक र कमोडिटीज एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अघि बढ्यो, बोर्डले गर्यो मूल्याङ्कन समिति गठन

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्ज र कमोडिटीज एक्सचेन्ज कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाएको छ । नयाँ लाइसेन्सका लागि स्टक एक्सचेन्ज तर्फ ३ र कमोडिटीज एक्सचेन्जफर्त ४ आवेदन परेको थियो। तर, बोर्डले एउटा स्टक एक्सचेन्ज र दुई वटा कमोडिटीज एक्सचेन्ज कम्पनीलाई लाइसेन्स दिने भएको हो ।

आवेदन परेसँगै अब बोर्डले प्रक्रियागत रुपमा कम्पनीको मुल्याकन गर्नू पर्ने हुन्छ । त्यसको लागि बोर्डले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको नेतृत्वमा मूल्याङ्कन समिति बनाएको छ । बोर्डको बैशाख १७ गते आइतबार बिहान बसेको संचालक समितिको बैठकले सहसचिव गौतमको नेतृत्वमा चार सदस्यीय मल्याङ्क समिति गठन गरेको हो ।

समितिको सदस्य अर्थमन्त्रालयको तर्फबाट रितेश कुमार शाक्य, राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक मुकुन्द कुमारी क्षेत्री रहेका छन् । शाक्य अर्थमन्त्रालयको तर्फबाट र क्षेत्र राष्ट्र बैंकको तर्फबाट बोर्डको संचालक समेत रहेका छन् । यस्तै, मूल्याङ्कन समिति सदस्यमा बोर्डका कार्यकारी निर्देशक मुक्तिानाथ श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिका गिरी रहेका छन् ।

सहसचिव फणिन्द्र गौतमको नेतृत्वमा आवेदन दिएका कम्पनीहरुको मुल्यांकन गर्नेछ । त्यसपछि मुल्यांकन समितिले सिफारिस सहित सञ्चालक समितिमा मुल्यांकन प्रतिवेदन पठाउने छ । त्यसपछि बोर्डले कम्पनीलाई लाइसेन्स दिनेछ । एक महिना भिनै नयाँ स्टक र कमोडिटी मार्केट लाइसेन्स वितरण टुंगोमा पुर्याउने लक्ष्यका साथ प्रक्रिया अघि बढेको बोर्डले जनाएको छ ।

वि.सं.२०८० वैशाख १७ आइतवार १६:५५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...