back
NMB ad

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख ठगी गर्ने रेग्मी पक्राउ

Kumari bank ad

काठमाडौं । नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छु भनी रु ३० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भनी रु ३० लाख ठगी गर्ने चितवन भरतपुर महानगरपालिका घर भई काठमाडौँको लाजिम्पाट बस्ने २७ वर्षीय सञ्जय रेग्मीलाई आज पक्राउ गरेको हो ।

पक्राउ परेका रेग्मी लाजिम्पाटस्थित माझी विष्ट्रो रेष्टुरेण्टका सञ्चालकसमेत हुनुहुन्छ । कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले अष्ट्रेलियामा मासिक रु तीन लाखभन्दा बढी तलब हुने प्रलोेभन देखाएर ३० लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिनुभयो ।

रेग्मीलाई वैदेशिक रोजगार विभागबाट गरिएको पत्राचारको आधारमा दरबार मार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ रेग्मीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

वि.सं.२०८० वैशाख १७ आइतवार २१:०१ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...