back
NMB ad

ग्रामीण विद्यालयमा विज्ञान प्रयोगशाला

Kumari bank ad

महोत्तरी । नगरक्षेत्रकै अधिकांश विद्यालयमा कम्प्युटर शिक्षा र प्रयोगशालाको अभ्यास हुन नसकेका बेला महोत्तरीको एउटा ग्रामीण विद्यालयले विज्ञान विषयको प्रयोगशाला अभ्यासमा ल्याएको छ ।

महोत्तरीको सुदूरपश्चिमवर्ती सोनमा गाउँपालिका–७ सुन्दरपुरस्थित जनता माध्यमिक विद्यालयले आजबाट विज्ञान विषयको अध्यापनमा प्रयोशाला अभ्यास थालेको हो । गत आइतबार क्वेस्ट फर्मास्युटिकल्स प्राइभेट लिमिटेड आदर्श नगर वीरगञ्ज पर्साले विद्यालयलाई विज्ञान विषयको प्रयोगशालाका उपकरण उपलब्ध गराएको थियो ।

“हाम्रो विद्यालयलाई गत आइतबार प्रयोगशालाका सबै उपकरण प्राप्त भएर जडान भए, हिजो बिदा थियो, आजदेखि विज्ञान विषयको अध्यापनमा विद्यार्थीलाई अभ्यास गराउन थालिएको छ”, विद्यालयका प्रधानाध्यापक लालबाबु यादवले भन्नुभयो । एउटा कोठामा प्रयोगशाला रहेको हुँदा फरकफरक कक्षाका विद्यार्थीलाई पालो मिलाएर अभ्यास गराइने तालिका बनाइएको यादवको भनाइ छ । जिल्लाको अति दुर्गम मानिने ग्रामीण भेगको विद्यालयका विद्यार्थीलाई पछिल्ला प्रविधिबारे चासो बढाउन र अध्ययनप्रति प्रेरणा जगाउन प्रयोगशाला सहयोगी हुने शिक्षकको भनाइ छ । प्रयोगशाला स्थापना भएर सञ्चालनमा आएपछि कक्षा–६ देखि माध्यमिक तहका कक्षामा विद्यार्थी उपस्थिति बढेको प्रधानाध्यापक यादवले बताउनुभयो ।

जिल्ला सदरमुकाम जलेश्वरबाट करिब ४० किलोमिटर पश्चिम भारतीय सीमासँग जोडिएको सुन्दरपुर शैक्षिक र अन्य विकास अवसरबाट पछि परेको ठाउँ मानिन्छ । क्वेस्ट फर्मास्युटिकल्स प्रालिले सहयोग गरेर स्थापना गरेको प्रयोगशालालाई अब आवश्यकताअनुसार समृद्ध बनाउँदै लगिने सोनमा गाउँपालिकाका अध्यक्ष विश्वेश्वरप्रसाद यादवले बताउनुभयो ।

जिल्लाका सामुदायिक विद्यालयको पठनपाठन खस्की रहेको, यस्ता विद्यालयमा आधुनिक शिक्षाका कम्प्युटर प्रणाली र विज्ञान प्रयोगशाला सञ्चालनको पक्ष अति नै पछि परेको आम गुनासो बढिरहेका बेला ग्रामीण भेगको जनता मावि सोनमा–७ सुन्दरपुरले विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याएको छ । विद्यालय प्रशासन र सम्बन्धित गाउँपालिकाले प्रयोगशालाको अभ्यासमा राम्ररी ध्यान दिए आपूmहरु थप सहयोग बढाउन तत्पर रहने क्वेस्ट फर्मास्युटिकल्स प्रालिका सञ्चालक पृथ्वीराज भण्डारी र महाप्रबन्धक डा कमलेश दत्तले प्रतिबद्धता जनाउनुभएको छ ।

वि.सं.२०८० वैशाख १९ मंगलवार १४:०५ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...