काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरिक्षक नियुक्त गरेको छ ।
संस्थाको गत चैत २९ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको हो ।
संंस्थाले लेखापरीक्षणको कार्य गर्नको लागि श्री टि.कार्की एण्ड एसोसिएट्स चार्टड एकाउन्टेन्सलाई नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।
वि.सं.२०८० वैशाख १९ मंगलवार १७:०१ मा प्रकाशित