काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट आज उहाँहरु विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौंउपत्यका प्रहरी कार्यालयले जनाएको छ । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइएको भन्ने प्रकरणमा उहाँहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ ।
वि.सं.२०८० वैशाख २० बुधवार १६:५८ मा प्रकाशित